• १० फागुन २०८२, आइतबार

एसिया कप क्रिकेट : बङ्गलादेशलाई हराउँदै भारत च्याम्पियन

blog

उपाधि विजेता भारतका खेलाडी । तस्बिर : एसीसी

काठमाडौँ, फागुन १० गते । राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा भारतले बङ्गलादेशलाई ४६ रनले हरायो । 

जितका लागि एक सय ३५ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १९.१ ओभरमा सबै विकेटको क्षतिमा ८८ रनमा समेटिएको थियो । बङ्गलादेशका लागि समिमा सुल्तानाले सर्वाधिक २० रन बनाउनुभयो ।

यस्तै शर्मिन सुल्तानाले १८ र कप्तान फहिमा खातुनले १४ रन बनाउनुभयो । बलिङमा भारतका प्रेमा रावतले तीन तथा सोनिया मेन्दिया र तनुजा कन्वारले दुई दुई विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो । भारतका लागि तेजल हसबनिसले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

यस्तै कप्तान राधा यादवले ३६ र दीनेश बृन्दाले १९ रन बनाउनुभयो । बलिङमा बङ्गलादेशकी फहिमा खातुनले चार विकेट लिनुभयो । ६ टोली सहभागी प्रतियोगिातमा नेपाल लगातार तेस्रो हार खेप्दै समूह चरणबाट बाहिरिएको थियो ।