अजय शाह
महोत्तरी, फागुन ६ गते । नेपाली कांग्रेसको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक भएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बुधबार जनकपुरधाममा आयोजित विशेष कार्यक्रममा प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।
सभापति थापाको प्रमुख आतिथ्यमा मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पहिलो पटक चुनावी सभा गरेर कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । आगामी निर्वाचनलाई लक्षित गरी ल्याइएको उक्त प्रतिज्ञापत्रमा मधेशको समृद्धि, समावेशिता र आर्थिक विकासका एजेन्डालाई प्राथमिकता दिइएको छ ।
नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि १० बुँदे ‘भिजन’ सहितको प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल र मधेश प्रदेशका सभापतिसहितका नेताको उपस्थितिमा जनकपुरधाम सभामा उक्त प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।
प्रतिज्ञापत्रका १० बुँदा
- सम्मानित भएर बाँच्न पाउने नेपाल
- सपना देख्न सक्ने नेपाल
- सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल
- पेटभरि खुवाउने र देशलाई चिनाउने किसानको नेपाल
- ओखती र ओत दिने नेपाल
- छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
- बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
- मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल
- विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
- समुन्नतिमा लम्किने नेपाल


