• ५ फागुन २०८२, मङ्गलबार

महिला एसिया कप : तेस्रो हारसँगै बाहिरियो नेपाल

blog

टसपछि भारत र नेपालका कप्तान ।

काठमाडौँ, फागुन ५ गते । थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार खेपेको छ ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल भारतको ‘ए’ टोलीसँग सात विकेटले पराजित भयो । यस हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । 

नेपाल यसअघि पहिलो खेलमा खेलमा पाकिस्तान ‘ए’ सँग ३० रन र दोस्रो खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग १८ रनले पराजित भएको थियो । जितका लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ७.५ ओभरमा तीन विकेटको क्षतिमा ८२ रन जोड्लै लक्ष्य पूरा गरेको हो । 

भारतका लागि दिनेश वृन्दाले अविजित ३९ रन बनाउनुभयो । यस्तै तेजल हासाब्नीस १८ र अनुश्का शर्माले १० रन बनाउनुभयो । बलिङमा नेपालकी मनिषा उपाध्याय, अनु कडायत र सिता रानामगरले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १८ ओभरमा ७८ रन जोड्दै अलआउट भएको थियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक २२ रन बनाउनुभयो ।

रुवि पोदार र कविता जोशीले समान १२ तथा विन्दु रावलले ११ र कप्तान पूजा महतोले १० रन बनाउनुभयो । बलिङमा भारतकी तनुजा कन्वरले चार, मिन्नु मनिले तीन र राधा यादवले दुई विकेट लिनुभयो ।