बिष्णुप्रसाद पोखरेल
दमक, फागुन ५ गते । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनेको भ्यूटावरलाई गलत रुपमा व्याख्या गरिएको बताउनुभएको छ । झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहनुभएका ओलीलाई विकासको नाममा भ्यू टावर बनाएर राज्यको ढिकुटीबाट अनाआवश्यक खर्च गरेको अरारोप लाग्दै आएको छ।
"यसलाई माथि चढेर हेर्नका लािग बनाईएको भ्यूटावर भन्छन्, तर यो वास्तवमा परम्परागत भ्यूटावर होइन", ओलीले भन्नुभयो । यो केवल अवलोकनका लागि बनाइएको टावर नभई बहुउद्देश्यीय व्यवसायिक कम्प्लेक्स र आधुनिक आईटी हबका रूपमा विकास गर्ने दीर्घकालीन सोचसहित अघि बढाइएको परियोजना हो ।"
नयाँ खालको आईटी हब, व्यवसायिक केन्द्र र आर्थिक गतिविधिको केन्द्रबिन्दु बनाउने लक्ष्य राखेर यो बनाईएको हो, ओलीले दाबी गर्नुभयो । "पूर्वी नेपाल तथा दमकको पहिचान यही टावरका कारण स्थापित हुने ओली दाबी गर्नु हुन्छ । यो दमकको पहिचान हो, दमकको विकासको एउटा झन्डा हो", उहाँले भन्नुभयो ।
टावरसँगै आसपास क्षेत्रमा ‘ल्याण्ड पुलिङ’मार्फत नयाँ बस्ती विकास गर्ने योजना पनि अघि बढाइएको ओलीले जनाउनुभयो । "यसका लागि धेरै प्रारम्भिक काम अघि बढिसकेको छ, उहाँले भन्नुभयो, "हामी विदेशको जस्तो विकास चाहन्छौँ, तर फेरी यहाँ विकास किन चाहियो भनेर प्रश्न गर्छौं।"
अध्यक्ष ओलीले दमक मात्र होइन, देशभर नै विकासको लहर ल्याउने एमालेको लक्ष्य रहेको बताउनुभयो । हामी यो क्षेत्रमा मात्र होइन, देशभर विकासको लहर ल्याएर मुलुकलाई समृद्ध बनाउने उहाँको भनाइ छ । झापाको दमक वडा नं. ३ ढुकुरपानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा बनेको भ्यू टावर डेढ अर्बको लागतमा बनेको हो ।
झापाको क्षेत्र नं. ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह, नेपाली काँग्रेसकी मन्धरा पौड्याल, नेकपाका रञ्जित तामाङ, राप्रपाका लक्ष्मि संग्रौला, श्रम सस्कृती पार्टीका समिर तामाङ लगायतका उम्मेद्वारहरु चुनावी अभियानमा रहनु भएको छ । उहाँहरुले पनि भ्यू टावर बनिसकेकाले यसको उपयोगको बिषयमा यहाँका जनताको भावाना अनुसार उपयोग गरिने बताउनुभएको छ ।