• १ फागुन २०८२, शुक्रबार

मोफसलको कार्यक्रमले साहित्य उत्थान गरेको छ : कुलपति

blog

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई श्रस्टालाई सम्मान गर्नुहुँदै ।

कविराज घिमिरे 

हिले, फागुन १ गते । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइले सहित्य गतिविधि बढाउन मोफसलका कार्यक्रमले सहयोग गरिरहेको बताउनुभएको छ । 

जिल्लाकै पहिलो सामुदायिक रेडियो धनकुटा एफएम धनकुटाद्वारा हरेक शुक्रबार सञ्चालन हुँदैआएको ‘चियासँग कविता कार्यक्रम’ को वार्षिकोत्सवको अवसरमा शुक्रबार धनकुटा आयोजित कार्यक्रममा बोल्दै गाउँघरको साहित्यिक गतिबिधिले देश नै साहित्यमय बन्ने बताउनुभएको हो । 

साहित्यिक गतिबिधि गाउँ–गाउँसम्म पुर्याउनु पर्ने उहाँको भनाइ छ। सो अवसरमा क्रियाशील पत्राकार ईश्वर थापासहित चार जनालाई पुरस्कृत गरेको छ । थापालार्इ कार्यक्रमको समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै थापालाई नगद ५ हजारसहित चियासँग कविता साहित्य पत्रकारिता पुरस्कारले सम्मान गरिएको हो । 

यस्तै १५ हजार राशीको चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कारबाट कवि घनश्याम बराल औलालि ५ हजार राशीको चियासँग कविता युवा साहित्य पुरस्कारबाट कवि तथा मुर्तिकार मञ्जुल मितेरी र ५ हजार राशीको चियासँग कविता नव प्रतिभा पुरस्कारबाट कवि दृष्टि श्रेष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको कार्यक्रम संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।

त्यस्तै, कार्यक्रममा चियासँग कविता संग्रह विमोचन गरिएको छ । त्यसैगरी, चियासँग कविताको पहिलो श्रृङ्खलादेखि सहभागी सर्जकहरू तथा कार्यक्रम सञ्चालनका लागि आर्थिक, भौतिक र अन्य सहयोग गर्ने सहयोगीहरूलाई समेत सम्मान गरिएको छ। साहित्यिक कार्यक्रम ‘चियासँग कविता’ हरेक शुक्रबार  निरन्तर आयोजना हुँदैआएको छ।