• १३ साउन २०८१, आइतबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

blog

काठमाडौं, असार ३२ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । गत सोमबारदेखि जारी बैठक शुक्रबार संसदमा उपसभामुख निर्वाचनका कारण स्थगित भएको थियो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले सानेपास्थित केन्द्रीय कार्यलयमा शनिबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनको समीक्षा र समसामायिक राजनीतिक विषयमा छलफलका लागि बसेको बैठकमा आज पदाधिकारीहरुले सम्बोधन गर्नेछन् ।

यसअघिका बैठकमा अधिकांश केन्द्रीय सदस्य र पूर्वपदाधिकारीले आफ्नो धारणा राखिसक्नुभएको छ ।