शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ २१ गते । उद्यमी एवं युवा अभियन्ता सरोज बानियाँको ‘निर्वाचनमा देशैभर युवा आउनु पर्छ, देश मुहार फेर्नलाई युवा जाग्नु पर्छ’ बोलको गीत सार्वजनिक भएको छ । बानियाँकै शब्द तथा रचना रहेको गीतमा रामजी खाँण र प्रीति आलेले आवाज दिनुभएको छ । गीतको सङ्गीत भने सुबिन सेन्चुरीले गर्नुभएको हो ।
विशेष गरी भदौ २३ र २४ गतेको जेनजी तथा युवाको आन्दोलनपश्चात् देश अहिले आमनिर्वाचनमा होमिएको छ र १६५ वटै निर्वाचन क्षेत्रबाट युवा निर्वाचित भएर संसद्लाई युवामय बनाउँदै युवाका हकहित र युवासम्बन्धी नीति तर्जुमा गर्नु पर्छ र देश विकास तब मात्र हुन सक्छ भन्ने सन्देश गीतले दिन खोजेको छ ।