• १८ माघ २०८२, आइतबार

काँक्रे बिहारमाथि प्लानिङ ब्वाइजको सहज जित

blog

बल खोस्ने प्रयास गर्दै खेलाडी ।

काठमाडौँ, माघ १८ गते । प्लानिङ ब्वाइज युनाइटेडले एन्फा राष्ट्रिय लिगमा काँक्रे बिहार क्लबमाथि सहज जित निकालेको छ । 

सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा प्लानिङ ब्वाइजले काँक्रे बिहारलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई जिताउन बवीन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले गोल गर्नुभयो । 

जारी लिगमा प्लानिङको यो तेस्रो जित हो । जितसँगै पाँच खेलबाट १० अङ्क बनाएको प्लानिङ पाँचौँ स्थानमा छ । सबै खेल गुमाएको काँक्रे बिहारले अङ्कको खाता खोल्न सकेको छैन । 

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ‘ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।