लीलाधर वली
घोराही, माघ ११ गते । लुम्बिनी प्रदेशमा जारी राष्ट्रिय सभा निर्वाचनमा हालसम्म २७० जना मतदाताले मतदान गरेका छन् । १ बजेसम्म प्रदेश सभा सदस्यतर्फ ७७ जना र स्थानीय तह सदस्यतर्फ १९३ जनाले मतदान गरेका छन्।
प्रदेशसभातर्फ महिला २९ जना र पुरुष ४८ जना गरेर ७२७ जना तथा रहेका स्थानीय तह सदस्यतर्फ महिला ७७ जना र पुरुष ११६ जना गरेर १७८ जनाले मतदान गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र स्थानीय तहतर्फ दुई सय १६ जना गरेर जम्मा दुई सय ९९ जना मतदाता छन् ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अब २९ जना मतदाता मतदान गर्न बाँकी रहनुभएको छ । बिहान नौ बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्ने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिनुभएको छ ।