• ११ माघ २०८२, आइतबार

महाशक्ति सोप उद्योगको गोदामघरमा आगलागी

blog

महाशक्ति सोप उद्योगको गोदाम घरममा लागेको आगलागी नियन्त्रणमा लिइँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, माघ ११ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ८ स्थित औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सोप उद्योगको गोदाम घरममा आगलागी भएको छ ।

उद्योगको जस्तापाताबाट बनेको साबुन र कार्टुन राखिएको गोदामघरमा बिजुलीको तार सर्ट भई गएराति ११ः५० बजेको समयमा आगलागी भएको हो ।

उक्त आगलागी इलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौँडा,  सशस्त्र प्रहरी बल नेपाल १४ नं.गण हेर्डक्वाटर, हेटौँडा, हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगमा निभाउने कार्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

आगलागीबाट मानवीय तथा पशु चौपाया क्षति नभएको र हाल क्षतिको विवरण नखुलेको उहाँले बताउनुभयो ।