• १० माघ २०८२, शनिबार

लुम्बिनी प्रदेशसभाको बैठक मङ्गलबार

blog

लुम्बिनी प्रदेश सभा ।

नारद कोहार

तौलिहवा (कपिलबस्तु), माघ १० गते । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक माघ १३ गते मङ्गलबार दिउँसो १ बजे बस्नेभएको छ । 

सभामुखको निर्देशानुसार बैठकको समय निर्धारण गरिएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार बैठकमा दर्ता भएका दुईवटा विधेयकमाथि छलफल हुनसक्ने बताउनुभयो । 

कार्य व्यवस्था परामर्श समितिले निर्धारण गरेको कार्यसूचीअनुसार प्रदेशसभाको बैठकमा छलफल हुने उहाँले बताउनुभयो । प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम सभा सदस्यहरूको जानकारीका लागि बैठकसम्बन्धी सूचना समेत प्रकाशन गरिएको सचिव पुनले जानकारी दिनुभयो ।