सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा), माघ १० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डाको दुरुपयोग गर्नु गैरकानुनी गतिविधि भएको बताउनुभएको छ ।
शनिबार जिल्ला समन्वय समिति धनकुटामा आयोजित धनकुटा लेडी जेसिसको सातौं पद हस्तान्तरण कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
उहाँले राष्ट्रिय झण्डा ओढेर कुनै पनि गतिविधि गर्नु कानुनविपरीत भएको बताउनुभयो । उहाँले राष्ट्रिय झण्डाको अपमान गर्न नपाइने स्पष्ट पार्नुभयो । विभिन्न पार्टीले चुनाव प्रचारको क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग गरेको भन्दै राष्ट्रिय एकता र प्रतिकको अवमूल्यन भएको बताउनुभयो ।
यस्तै, उहाँले नेपालीको साझा प्रतिकका रुपमा रहेको राष्ट्रिय झण्डा ओडेर भोट माग्ने, व्यक्तिका घर, सार्वजनिक प्रतिष्ठान, सम्पत्तिमा आगजनी गर्ने काम कुनै पनि व्यक्तिलाई क्षमा दिन नहुने बताउनुभयो ।