शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
इस्लामाबाद (पाकिस्तान), माघ १० गते । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिम पहिरो जादा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै एक जना बच्चालाई जीवितै उद्धार गर्न सफल भएको अधिकारीले बताएका छन् ।
यो घटना जिल्लाको पाहाडी क्षेत्रमा भएको हो, जहाँ भारी हिमपातका कारण हिमपहिरो आउदा १० जनाको परिवारलाई हिउँ र भग्नावशेषमुनि पारेको उद्धार प्रवक्ता बिलाल फैजीललाई उदृत गर्दै सिन्हुवाले जनाएको छ ।
भारी हिमपात र चरम मौसमको अवस्थाले पाहाडी क्षेत्रमा हिमपहिरो लगाएतका घटनाको जोखिमलाई उल्लेखनीय रूपमा बढाएको र बासिन्दालाई अनावश्यक यात्रा नगर्न र रहन सतर्क रहन आग्रह गरेको उहाँले बताउनु भएको छ । यस क्षेत्रमा प्रतिकूल मौसमको अवस्था जारी रहँदा उद्धार टोलीलार्ई उच्च सतर्कतामा राखिएको उहाँले पुष्टि गर्नु भएको छ । रासस/सिन्ह्वा