• ७ माघ २०८२, बुधबार

उज्यालो नेपाल पार्टीबाट टिकट लिएर रास्वपालाई समर्थन

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका बागलुङ क्षेत्र नं. १ का उम्मेदवार सुशील खड्कालाई उम्मेदवारी दर्ता कार्यक्रममा समर्थन गर्नुहुँदै राजेन्द्र शर्मा । तस्बिर : नवराज नेपाली ।

नवराज नेपाली

बागलुङ (गलकोट) माघ ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले टिकट नदिएपछि बागलुङ जैमिनीका राजेन्द्र शर्माले सोमबार काठमाडौँ पुगेर उज्यालो नेपाल पार्टीको टिकट लिएर आउनुभएको हो । उज्यालोको टिकट लिएर सामाजिक सञ्जालमा पार्टी छोडेको घोषणा गर्नुभएका शर्माले एक दिन नबित्दै पुनः रास्वपामा फर्किएको बताउनुभयो ।

मङ्गलबार बिहान १० बजेसम्म उज्यालो पार्टीको लोगो भिरेर बागलुङ बजारमा प्रचारमा हिँडेका शर्मा एकाएक रास्वपाको झन्डा बोकेर उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो । 

शर्मा बागलुङ–१ बाट आकाङ्क्षी हुनुहुन्थ्यो । तर पार्टीले बागलुङ बजारका सुशील खड्कालाई टिकट दियो । उम्मदवारी दर्ता नगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारीलाई समर्थन गर्नुभयो  । रास्वपाको जैमिनी नगर सभापतिसमेत रहेका शर्मालाई पार्टीले टिकट दिएन ।

लामो समयदेखि रास्वपाको सङ्गठन विस्तारमा लागेको र पार्टीबाट छुट्टिएर चुनाव लड्दा अरूले फाइदा लिन सक्ने भन्दै रास्वपामै फर्किएको उहाँले बताउनुभयो। आवेगमा आएर गलत निर्णय लिएको शर्माले  बताउनुभयो । बागलुङको साझा मुद्दालाई उठाउनका लागि एक ढिक्का भएर खड्कालाई जिताउन लाग्ने उहाँको भनाइ छ ।