• ७ माघ २०८२, बुधबार

कपिलवस्तुमा तीन पदका लागि ९८ जनाको उम्मेदवारी

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा (कपिलवस्तु), माघ ७ गते ।
कपिलवस्तुमा आगामी फागनु २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ३ क्षेत्रका लागि ९८ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये दलको तर्फबाट ५० र स्वतन्त्र ४८ जनाले उम्मेदवारी दिएका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार क्षेत्र नम्बर १ मा २० दल र १४ स्वतन्त्र गरी कुल ३४ जनाको उम्मेदवारी परेको छ । यस्तै क्षेत्र नम्बर २ मा १७ दल र ११ स्वतन्त्र गरी २८ जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी क्षेत्र नम्बर ३ मा १३ दल र २३ स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको छ ।

कुल तीन लाख ९६ हजार २६५ मतदाता रहेको कपिलवस्तुमा रजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका हुन् । जसमध्ये पुरुष दुई लाख ११ हजार ८ सय ४६, महिला १ लाख ८४ हजार ४ सय १५ तथा अन्य ४ जना रहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ४७ हजार ६ सय ४९, निर्वाचन क्षेत्र नम्बर २ मा एक लख ३० हजार दुई सय दुई तथा निर्वाचन क्षेत्र नम्बर ३ मा एक लाख १८ हजार चार सय चार मतदाता रहेको निर्वाचन कार्यालयका सूचना अधिकृत निश्चल मोक्तानले बताउनुभयो ।