देवराम यादव
सप्तरी, माघ ७ गते । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मङ्गलबार सप्तरीको चारवटै निर्वाचन क्षेत्रमा विभिन्न पार्टी तथा स्वतन्त्र समेत गरी १०५ जनाको मनोनयन दर्ता भएको छ ।
सप्तरीको चारवटै निर्वाचन क्षेत्र रहेकोमा क्षेत्र नं. १ को कञ्चनरुप नगरपालिका, क्षेत्र नं. २ को राजविराज नगरपालिका, क्षेत्र नं. ३ को शम्भुनाथ नगरपालिका र क्षेत्र नं. ४ को खडक नगरपालिकास्थित निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १०५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
क्षेत्र नम्बर १ मा २२, क्षेत्र नम्बर २ मा ३४, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २८ गरी १०५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका रामदेव साह, नेकपा एमालेका सुमनराज प्याकुरेल, नेपाली कम्युनिष्ट पार्टीका सागरकुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका पुष्पा चौधरी, स्वाभिमान पार्टीका सुमितकुमार साह, जनमत पार्टीका डा. जयकान्त राउत, जसपा नेपालका श्याम सुन्दर सरदार, उज्यालो नेपाल पार्टीका हर्ख नारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सत्यजित कुमार झा, नेपाल जनता पार्टीका दिपेन्द्र प्रसाद यादव, नेपाल जनता संरक्षण पार्टीका खेमराज जैशी, नागरिक उन्मुक्ति पार्टीका टिकालक्ष्मी चौधरी, राष्ट्रिय एकता दलका शम्भु प्रसाद देव, स्वतन्त्रबाट संजय कुमार शर्मा, उम्दादेवी सदा, जगदेव सदा, रिजवाना खातुनसहित २२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै क्षेत्र नं. २ मा नेपाली काँग्रेसबाट रामकुमार यादव, नेकपा एमालेबाट मो.जियाउल रहमान, नेपाली कम्युनिष्ट पार्टीबाट सूर्यनाथप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त(सिके) राउत, जसपा नेपालबाट उमेशकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, स्वाभिमान पार्टीबाट सतिशकुमार सिंह, नेपाल जनता पार्टीबाट रञ्जु ठाकुर, जनता लोकतान्त्रिक पार्टीबाट बलराम प्रसाद यादव, उज्यालो नेपाल पार्टीबाट दिपक चौधरी, नेपाल मजदुर किसान पार्टीबाट निलमकुमारी यादव, आमजनता पार्टीबाट सुनिलराज दास, नेपाल संघीय समाजवादी पार्टीबाट राजकुमार मण्डल, जनअधिकार पार्टीबाट शरद सिंह यादव, राष्ट्रियमुक्ती पार्टी नेपालबाट अनिश अन्सारी, श्रम संस्कृति पार्टीबाट त्रिभुवन खंग, स्वतन्त्रबाट प्रेमकुमार यादव सहित ३४ जनाले उम्मेदवारी दिनुभएको छ ।
क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका दिनेशकुमार यादव, नेकपा एमालेका ताराकान्त चौधरी, नेपाली कम्युनिष्ट पार्टीका अरुणकुमार साह, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, रास्वपाका अमरकान्त चौधरी, जनमत पार्टीबाट सुरेन्द्र शर्मा, उज्यालो नेपाल पार्टीका परमेश्वरप्रसाद साहु, नेपाल मजदुर किसान पार्टीका प्रभुप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्देश्वरप्रसाद साह, राष्ट्रिय मुक्ति पार्टीका गजेन्द्र कुमार मण्डल, आम जनता पार्टीका धनिकलाल चौधरी, बहुजन एकता पार्टी नेपालका महादेव राम, नेपाल जनता पार्टीका सन्तोषकुमार चमन, स्वतन्त्र उम्मेदवार कोशिला देवी पासमान, हरिनाराण पासमान, रजिया देवी यादव, सरिता कुमारी यादव, प्रभुनाराण चौधरी, दुवीलाल यादवसहित २१ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै क्षेत्र नं. ४ बाट कांग्रेसका तेजुलाल चौधरी, नेकपा एमालेका बालकृष्ण चौधरी, नेपाली कम्युनिष्ट पार्टीका रुबी कर्ण, जसपा नेपालबाट डा. बवी सिंह यादव, रास्वपाका सिताराम साह, नेपाल जनता पार्टीका कोशल किशोर दास, उज्यालो नेपाल पार्टीका विसो कुमार यादव, नेपाल मजदुर किसान पार्टीका रामनारायण साह, स्वतन्त्रबाट सन्तोषप्रसाद सिंह र सुनिल कुमार यादवसहित २८ जनाले उम्मेदवारी दिएको राजविराजस्थित जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर १ मा २२, क्षेत्र नम्बर २ मा ३४, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २८ गरी १०५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको जानकारी दिनुभयो ।
सप्तरीमा प्रत्यक्ष तर्फ ४ पदका लागि अगामी फागुन २१ गते निर्वाचन हुँदै छ । निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभरी २९६ मतदानस्थल कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीका अनुसार चारवटै निर्वाचन क्षेत्रमा गरी २९६ मतदान स्थल र ५६२ मतदानकेन्द्र तोकिएको जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं. १ मा ८० मतदानस्थल र १५२ मतदान केन्द्र, क्षेत्र नम्बर २ मा ६८ मतदानस्थल र १३० मतदान केन्द्र, निर्वाचन क्षेत्र नम्बर ३ मा ७४ मतदान स्थल र १४४ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं. ४ मा ७४ मतदान स्थल र १३६ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख जोशीले जानकारी दिनुभयो ।
जिल्लामा कुल चार लाख ४६ हजार चार सय दुई मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । जसमा पुरुष मतदाता दुई लाख ३३ हजार ९६, महिला मतदाता दुई लाख १३ हजार दुई सय ८३ तथा अन्य २३ जना रहेका छन् ।
मतदाताको सहज सहभागिताका लागि मतदानस्थल तथा केन्द्रको व्यवस्थापन तथा निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन चार हजार दुई सय २२ निर्वाचन प्रहरीको छनोट समेत भइरहेको जनाएको छ ।