• ७ माघ २०८२, बुधबार

दुई पदका लागि स्याङ्जामा २८ जनाको उम्मेदवारी

blog

स्याङ्जा क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), माघ ७ गते ।
दुईवटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ६ जना स्वतन्त्रसहित २८ जनाको उमेदवारी परेको छ ।
स्याङ्जा क्षेत्र नम्बर १ मा २ जना स्वतन्त्र उमेदवार र ११ वटा राजनीतिक दलका गरी १३ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ । यस्तै, क्षेत्र नम्बर ४ जना स्वतन्त्रसहित ११ दलका १५ जनाले उम्मेदवारी दिएका छन् ।

फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका दलले दलबलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, राप्रपा, प्रगतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, उज्यालो नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति लगायतका दलका उम्मेदवारले उमेदवारी दर्ता गराएका निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ ।

स्याङ्जा क्षेत्र नं. १
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसबाट भरतराज ढकाल, नेकपा एमालेबाट मिनप्रसाद गुरुङ्, नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. धनन्जय रेग्मी, नेशनल रिपव्लिक नेपाल पार्टीबाट अर्जुनकुमार गुरुङ, मंगोल नेशनल अर्गानाइजेसनबाट यामबहादुर गुरुङ्, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुकुम बहादुर राना, उज्यालो नेपाल पार्टीबाट रविन्द्र मल्ल, नेकपा माओवादीबाट सोमबहादुर परियार, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट रनबहादुर विक, श्रम संस्कृति पार्टीबाट पिरन गुरुङ र स्वतन्त्र रुपमा अशोक बिष्ट तथा मनोज नेपाली दर्जीले उम्मेदवारी दिएका छन् ।

स्याङ्जा क्षेत्र नं. २ 
नेपाली कांग्रेसबाट भागवत प्रकाश मल्ल, नेकपा (एमाले)बाट खिमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट झविलाल डुम्रे, नेपाली कम्युनिष्ट पार्टीबाट पदमबहादुर विश्वकर्मा,राष्ट्रिय जनमुक्ति पार्टीबाट हरिदेव थापा, जय मातृभुमि पार्टीबाट धनबहादुर थापा, नेशनल रिपव्लिक नेपाल पार्टीबाट तेजबहादुर थापा, मंगोल नेशनल अर्गानाइजेसबाट खर्कबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे, राष्ट्रिय प्रजान्तत्र पार्टीबाट रविन पाठक, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट टिकाराम रेग्मीले उम्मदवारी दिनु भएको छ ।

स्वतन्त्रमा दिलिप श्रेष्ठ, खिमबहादुर क्षेत्री, घनश्याम पाण्डे र सागर थापा मगरले उम्मेदवारी दिएका छन् । ठूला दलहरुले तामझाम र जनप्रदर्शनसहित उम्मेदवारी दिएका थिए भने साना दलहरुले समूहगत रुपमा गएर उम्मेदवारी गराएका थिए ।