• ४ माघ २०८२, आइतबार

एमालेले सिन्धुपाल्चोकका दुवै क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

blog

आङदोर्जे शेर्पा र शेरबहादुर तामाङ ।

चित्रकुमार मिजार
सिन्धुपाल्चोक, माघ ४ गते ।
प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा नेकपा एमालेबाट दुवै क्षेत्रको उम्मेदवार चयन भएका छन् । प्रतिनिधि सभा–१ मा युवा नेता आङदोर्जे शेर्पा र प्रतिनिधि सभा–२ मा शेरबहादुर तामाङ उम्मेदवार बन्नुभएको छ ।

यसअघिका सङ्घीय निर्वाचनमा एमालेका पूर्व केन्द्रीय सदस्य सरेश नेपाल र अरुण नेपाल उम्मेदवार थिए । जेनजी आन्दोलनपछि उहाँहरु दुवै नेताले युवा उम्मेदवार आङदोर्जेलाई प्रतिनिधि सभा उम्मेदवार बनाउनुभएको छ । उम्मेदवार चयन हुनुभएका शेर्पाले जनताका जनजीविकाका मुद्दा, युवा पुस्ताको मागलाई सम्बोधन गर्दै घोषणपत्र तयार गरेर चुनावी प्रचारप्रसारमा लाग्ने जानकारी दिनुभएको छ ।

शेर्पाले एमालेवृत्तका साथै जिल्लाभर लोकप्रिय नेताका रुपमा पहिचान बनाउनुभएको छ भने तामाङ प्रतिनिधि सभा–२ मा एमाले नेताहरुमध्ये सम्भावना बोकेका नेताको रुपमा स्थापित हुनुहुन्छ ।