• १६ भदौ २०८१, आइतबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते

blog

चाँदनी आचार्य

कैलाली (घोडाघोडी), असार २९ गते । कैलालीमा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । गौरीगङ्गा नगरपालिका ९ शङ्करपुरमा मङ्गलबार राती विपरित दिशातर्फ गुडिरहेका सु.प.प्र.०१–००९ प. ७८९१ र से.७ प.११४७ नम्बरको मोटरसाइकल एकापसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

दुर्घटनमा से.७ प.११४७ नम्बरको मोटरसाइकल चालक रामअवतार कठरियाको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण शाहीले जानकारी दिनुभयो । डिएसपी शाहीले प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै मृतक कठरियाले चलाएको मोटरसाइकल बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको थियो ।  

सोही मोटरसाइकलमा सवार कैलारी ८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्का घाइते रोशन कठरियाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेकोे छ ।

दुर्घटनामा सु.प.प्र. ०१–००९ प. ७८९१ नम्बर मोटरसाइकल चालक गौरीगङ्गा ९ शङ्करपुरका २७ वर्षीय रमेश चौधरी घाइते हुनुभएको छ । चौधरीको कैलाली अस्पताल धनगढीमा उपचार भइरहेको छ ।