• २६ पुस २०८१, शुक्रबार

२०९औं भानु जयन्तीमा प्रभातफेरी (फोटो फिचर)

blog

२०९औं भानु जयन्तीको अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरहरु : मनोजरत्न शाही

गोरखापत्र समाचारदाता

काठमाडौं, असार २९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले २०९औं भानु जयन्तीको अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गर्नुभएको छ । 

भानु जयन्तीको अवसरमा बुधबार बिहान काठमाडौंमा प्रभातफेरी सहितको शोभा यात्रा  गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठान काठमाडौंको सहकार्यमा प्रभातफेरीसहितको शोभायात्रा कार्यक्रम गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका  कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रभातफेरी रथ शोभायात्राको शुभारम्भ गर्नुभएको थियो । 

शोभा यात्रामा विभिन्न विभागका प्राज्ञा परिषद् सदस्यहरु, सशस्त्र प्रहरीको ब्याण्ड बाजा, नेपाल प्रहरीको ब्याण्ड, नेपाली सेनाको व्याण्ड, नेपाल स्काउट, सप्र बल नेपाल बागभैरब गुल्मको टोली, नेपाल प्रहरीको टोली, स्कुलका विद्यार्थीहरु प्लेकार्ड बोकेर सहभागी भएका थिए । 

प्रभातफेरी तथा शोभा यात्रा नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भई कमलादीमोड, पुतलीसडक, बागबजार, रणदिप पुल, शान्तिबाटिका, भोटाहिटी चोक, दरबार हाइस्कुल, जमल, त्रिचन्द्र कलेज, कमलादी गणेशथान हुँदै पुनः नेपाल प्रज्ञा प्रतिष्ठान पुगेर सकिएको थियो ।