• २१ कात्तिक २०८२, शुक्रबार

गुल्मेलीलाई सवारी नवीकरण र रुट परमिटमा सास्ती

blog

मार्ग तथा भाडा निर्धारण सिफारिस समितिको बैठक । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक २१ गते ।
देश सङ्घीय संरचनामा गएको एक दशक बित्न थाले । तर गुल्मेली नागरिकहरुले सवारीसाधनको नवीकरण र यातयात व्यवसायीहरुले रुट परमिट लिन पाल्पा र वुटवल धाउनुपर्ने बाध्यात रहेको छ ।

गुल्मी यातयात प्रालिका सञ्चालक हिमाल कुँवरले सवारी सवारीधानको नवीकरण र रुट परमिट जिल्लाबाटै पाउने व्यावस्गा मिलाउन जिल्लाका सरोकारवाला निकाय र नेतृत्वलाई आग्रह गर्नुभयो । समय र खर्च व्यवस्थापन गरेर नविकरण गर्न जिल्ला बाहिर पुग्नुपर्ने बाध्यताले कतिपय जरिवानामा पर्ने गरेकाले लामो समयको आफुहरुको माग सम्बोधन राज्यले नगरेको कुँबरको भनाइ छ ।
जिल्लामा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीकोको संयोजकत्वमा बसेको मार्ग तथा भाडा निर्धारण सिफारिस समितिको बैठकमा यातयात व्यवसायीले सवारी नवीकरण र रुट परमिटका लागि पाएको सास्तीको बिषयमा कुरा उठाएका थिए । लुम्बिनी प्रदेश सरकारको सवारी यातायात तथा परिवहन ऐन २०७६ को दफा ९० मा जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा मार्ग तथा भाडा निर्धारण सिफारिस समिति रहने व्यावस्था छ ।

पश्चिमाञ्चल यातायात प्रालि गुल्मीका प्रतिनिधी महेश काउछाले यातयातको सङ्ख्या अध्याधिक भएको जिल्लाको सवारीसाधनसँग सम्बन्धी प्रशासनिक सेवा बाहिर हुँदा व्यवसायी र नागरिकले सास्ती भोग्नु परेको बताउनुभयो । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख तथा मार्ग तथा भाडा निर्धारण सिफारिस समितिका संयोजक द्रोण बहादुर खत्रीले बैठकबाट व्यवसायीहरुका गुनासा सुन्ने र केही भाडा हेरफेरको काम भएको बताउनुभयो ।

उहाँले कालोपत्रे भएका केही मुख्य सडकको भाडा समायोजन र व्यवसायीहरुले उठाएका सवारीसाधन नवीकरण तथा रुट परमिटको विषयलाई सम्बन्धित निकायमा ध्यानाकर्षणका लागि पठाएको बताउनुभयो । खत्रीले बैठकलाई निरन्तरता दिने र छलफलमा उठेका बिषयहरुको सम्बोधनमा योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।