काठमाडौं, पुस २५ गते । नेपाल कम्यनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भोलि अर्थात् पुस २६ गते बस्ने भएकाे छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार भोलि बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बैठक बस्ने भएको हो ।
उहाँका अनुसार बैठकमा आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको रणनीति, समसायिक राजनीतिक विषयमा छलफल हुने छ । गत पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले नै यही पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो ।
एमालेका सचिव डा राजन भट्टराईले यसपटकको केन्द्रीय कमिटी बैठक प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुने भएकाले केन्द्रीय सदस्य मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्यविभाजन भोलिकै बैठकले नगर्ने बताउनुभयो । रासस