• २४ पुस २०८२, बिहिबार

दुर्घटनामा घाइते भएकाको मृत्यु

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, पुस २२ गते । मदन भण्डारी राजमार्गअन्तर्गत मोरङको लेटाङ–५, थापा चाेकमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते हुनु भएका लेटाङ–९, जाँतेका ५५ वर्षीय योगेन्द्र थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार मङ्गलबार बिहान ९ः५० बजे प्र. १–०१–००१ ख. ४७०७ नम्बरको बसले ठक्कर दिँदा थापा गम्भीर घाइते हुनु भएको थियो । दुर्घटनापछि उहाँलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । 

अस्पतालमा उपचारका क्रममा थापाको मृत्यु भएको हो । प्रहरीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा मोरङको पथरी–कानेपोखरी खण्डमा रहेको मोरङ्गी पुल भासिएपछि सबैखाले ठुला सवारी साधनलाई मदन भण्डारी राजमार्ग हुँदै आवत जावत गर्ने व्यवस्था मिलाइएको छ । सोही क्रममा काकरभिट्टाबाट विराटनगर जाँदै गरेको बसले थापालाई ठक्कर दिएको थियो ।