राजु लामिछाने
रुकुम पश्चिम, पुस २२ गते । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका १ रोकाजाखेतमा एक पुरुष मृत फेला परेका छन् । स्यालाखदीको अधेरी खोलामा सोही वडा निवासी ४५ वर्षीय नरबहादुर यरी मृत अवस्थामा फेला परेको स्थानीय लालबहादुर बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यरी सोही वडाको गाउँघर स्वास्थ्य क्लिनिकमा कार्यालय सहयोगी पदमा कार्यरत हुनुहुन्थ्यो ।
उहाँको शव मङ्गलबार बिहान खोलामा फेला परेको हो । यरी सोमबार कार्यालयबाट घर फर्कदै गर्दा खोलामा लडेको हुनसक्ने बताइएको छ ।
घटनाबारे प्रहरीलाई जानकारी गराइसकेको बुढाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले सूचना पाउने वित्तिकै प्रहरी घटनास्थलतर्फ पठाएको जानकारी दिनुभयो ।
स्थानीय प्रहरी चौकीबाट घटनास्थल करिब चार घण्टाको पैदल दूरीमा रहेको छ । अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।