• २१ पुस २०८२, सोमबार

कपिलवस्तुबाट चुनावी तयारीमा राहुल

blog

राहुल केसी । फाइल तस्बिर

कपिलवस्तु, पुस १९ गते। मानव अधिकार अभियन्ता तथा युवा नेता राहुल केसी आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवारी दिने तयारीमा जुट्नु भएको छ। नागरिक समाजबाट सक्रिय रहँदै आउनुभएका राहुलको यो राजनीतिको औपचारिक यात्रा हो।

सन् २०१२ देखि युथ फर हुमन राइट्स नेपालमार्फत मानव अधिकार शिक्षा र युवा परिचालनमा सक्रिय उहाँ युवाको भूमिका, न्याय, उत्तरदायित्व र नागरिक सचेतनाका विषयमा निरन्तर आवाज उठाउँदै आउनु भएको छ। मानव अधिकार शिक्षामा गरेको योगदानका लागि सन् २०१४ मा बेल्जियमको ब्रुसेल्समा उहाँलाई हुमन राइट्स हिरो अवार्ड प्रदान गरिएको थियो।

राहुलले विश्वका विभिन्न विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्व, सुशासन र सामाजिक उत्तरदायित्वका विषयमा आफ्ना अनुभव साट्दै आउनु भएको छ। 

उहाँले सन् २०१७ मा विभिन्न देशका युवालाई जोड्ने अन्तर्राष्ट्रिय युवा सञ्जाल सह–स्थापना गर्नु भएको हो। 

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने बताए पनि औपचारिक घोषणा भइसकेको छैन।