काठमाडौँ, पुुस १७ गते । अमेरिकाले नेपाललाई ७७ स्वदेशी वस्तुु निर्यातमा दिएको भन्सार छुट सुविधाको अवधि बुुधबार (नेपालको र अमेरिकाको समय अन्तरले) सकिँदै छ । २०७२ सालको भूकम्पपछिको आर्थिक पुनस्र्थापना गर्ने उद्देश्यले अमेरिकाले नेपाललाई सन् २०१५ देखि २०२५ सम्म लागुु हुुने गरी ७७ वस्तुु निर्यातमा शून्य भन्सारको सुविधा उपलब्ध गराएको थियो । सुुविधा पाएका वस्तुको निर्यातको अवस्था भने न्यून रहेको तथ्याङ्कले देखाएको छ ।
फागुन २०७२ मा अमेरिकाले भूकम्पबाट प्रभावित नेपालको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन भन्दै नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम अन्तर्गत व्यापार ग्राह्यता सुुविधा दिएको थियो । अमेरिका सरकारले कानुन बनाएरै नेपाललाई शून्य भन्सारमा ७७ वस्तुु निर्यात सुविधा उपलब्ध गराए पनि नौ वर्षको अवधिमा २९ वटा वस्तु मात्र निर्यात भएको र बाँकी ४८ वस्तुुको निर्यात भने शून्य रहेको व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिलदेखि छुुट सुविधा हटाएर नेपालबाट निर्यात हुुने वस्तुमा १० प्रतिशत अतिरिक्त भन्सार महसुुल लगाउनुभएको छ । त्यसअघि भने ७७ वस्तुु निर्यातमा शून्य भन्सार सुविधा रहेको थियो ।
निर्यात पनि घट्दो
व्यापार प्रवर्धन तथा निकासी केन्द्रका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ८७ करोड ४४ लाख १२ हजार रुपियाँको सामान निर्यात भएकामा आव २०७४÷७५ मा घटेर ७६ करोड ६९ लाख ८९ हजार रुपियाँ बराबरको र आव २०७५/७६ मा अरू घटेर ६७ करोड १२ लाख तीन हजार रुपियाँको वस्तु निर्यात भएको छ ।
यस्तै आव २०७६/७७ मा भने थोरै बढेर ६८ करोड ४८ लाख १८ हजार रुपियाँको निर्यात भएकोमा आव २०७७/७८ मा घटेर ६० करोड ६१ लाख ९७ हजार रुपियाँको निर्यात भएको छ ।
पछिल्लो तीन वर्षमा भने निर्यातमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । आव २०७८/७९ मा भने बढेर एक अर्ब १३ करोड २६ लाख ३६ हजारको निर्यात भएकोमा आव २०७९/८० सालमा अरू बढेर एक अर्ब ६० करोड रुपियाँ निर्यात भएको छ तर आव २०८०/८१ मा घटेर एक अर्ब २५ करोड ८६ लाख ४४ हजार आव २०८१/८२ मा थोरै बढेर एक अर्ब २६ करोड ८४ लाख ६३ हजार रुपियाँको निर्यात भएको तथ्याङ्क छ ।
अमेरिकाले नौ समूहका ७७ वस्तुुलाई भन्सार सुुविधा दिएको थियो, जसमा छाला, कटन, वनस्पतिबाट बनेको लगेज, सुुटकेस, हेडब्यान्ड, निडल व्रmाफ्ट, पन्जा, सल, गलबन्दी, कार्र्पेट, ट्राभल ब्याग, पर्स, ब्ल्याङ्केट, खाद्यान्न बोक्ने झोला, रेसाका उत्पादन तथा शिरपोसका सामान रहेका छन् ।
निर्यातमा छुट सुविधा पाए पनि १० वर्षको अवधिमा निर्यात नभएका वस्तुुमा व्यावसायिक झोला, लेदर प्लास्टिकको पर्स, हाते झोला, डिम्बा, हेडक्याप, ओछ्याउने दरी, ट्राभल्स ब्याग, पन्जा, गल्फ झोला, टेक्स्टाइलका सामान र टोपीलगायत छन् ।
नेपालबाट निर्यात भएका वस्तुमा छाला, कटन, वनस्पतिबाट बनेको लगेज, ब्यागेज प्रयोजनका उत्पादन, फ्लोर कभरिङका सामान, हातले बुुनेको गलबन्दी, सल, हेडब्यान्ड, राडीपाखी, खेलाडीले बोक्ने झोला, खाद्यान्न बोक्ने झोला, सल ब्ल्याङ्केट, विभिन्न रेसाका उत्पादन तथा शिरपोसका सामान छन् ।
भन्सार छुट सुविधा पाएका वस्तुुमा गाउँघरमा महिलाले हातले तयार पार्ने साना साना घरेलुु सामान पनि रहेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्यतर्फका सचिव डा. रामप्रसाद घिमिरेले अमेरिकी बजारको माग अनुसार गुुणस्तरयुुक्त वस्तुको उत्पादन नहुुँदा निर्यात गर्न नसकेको जानकारी दिनुुभयो ।
“अमेरिकाले ७७ वस्तुु निर्यातमा भन्सार सुविधा दिए पनि जति निर्यात गर्नुुपर्ने थियो हुुन सकेन,” सचिव घिमिरेले भन्नुुभयो, “भन्सार सुविधालाई थप गरी नवीकरण गर्ने भनेर नेपालका तर्फबाट प्रस्ताव पेस गरिएको छ ।” नयाँ कानुुन बनाएर सुविधालाई निरन्तरता दिनुुपर्ने व्यवस्था भएकाले अमेरिकाको संसद्सम्म प्रस्ताव पेस भएको र यस विषयमा अमेरिकी सरकार सकारात्मक रहेको उहाँले जानकारी दिनुुभयो । व्यापारविज्ञ रविशङ्कर सैजुले सरकार र निजी क्षेत्रको कमजोरीका कारण अमेरिकाले निर्यातमा भन्सार सुविधा उपलब्ध गराए पनि ती सामानको निर्यात बढाउन नसकिएको जानकारी दिनुुभयो ।
“भूकम्पपछिको आर्थिक पुुनस्र्थापनका लागि घरेलुु उत्पादनलाई छुट सुविधा उपलब्ध गराइएको थियो,” उहाँले भन्नुुभयो, “उद्यमीलाई क्षमता अभिवृद्धिको तालिम दिएर ठुुलो स्केलमा उत्पादन गर्न नसक्दा निर्यात बढाउन सकिएन ।”
किन भएन निर्यात ?
छुुट सुविधामा निर्यातयोग्य वस्तुु छनोटमा नपर्नुु, ठुुलो स्केलमा उत्पादन नहुनु, छुट सुविधाबारे जानकारी नहुनु, कुुन एचएस कोडको वस्तुलाई सुविधा छ भनेर व्यवसायीलाई जानकारी नहुुनुु, सुविधाका लागि आवश्यक कागजपत्र पुु-याउन नसक्नु, साना उद्यमीको पहुुँच नहुुनुलगायतका कारणले अमेरिकाले दिएका छुट सुविधा उपयोग गर्न नसकिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले छुट सुविधाबारे घरेलु तथा लघु उद्यमीलाई जानकारी नभएको बताउनुभयो । अमेरिकी बजारमा स्वदेशी वस्तुको माग भए पनि झन्झटिलो प्रव्रिmया र ठुुलो स्केलमा उत्पादन नहुुँदा निर्यात गर्न नसकिएको
जानकारी दिनुुभयो । स्वदेशी वस्तुुको निर्यात बढाएर अमेरिकाको बढ्दो व्यापार घाटा कम गर्न छुुट सुविधालाई निरन्तरता दिनुुपर्ने उहाँको भनाइ छ ।
नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले छुुट दिएका वस्तु निर्यातयोग्य नभएकाले पनि निर्यात बढ्न नसकेको जानकारी दिनुुभयो । कार्पेट, गार्मेन्ट, चिया, कफी निर्यातमा छुुट सुविधा दिएको भए ठुलो परिणाममा निर्यात गर्न सकिने उहाँको भनाइ छ ।
व्यापार प्रवर्धन तथा निकासी केन्द्रका प्रमुुख कार्यकारी निर्देशक शरदविक्रम राणाले अमेरिकाले ७७ वस्तुु छनोट गर्न नदिई आफ्नै तरिको छुुट सुविधा दिएकाले ती वस्तुुको निर्यात बढ्न नसकेको दाबी गर्नुभयो ।