• ७ जेठ २०८१, सोमबार

भाउजूलाई खुकुरी हान्ने देवर पक्राउ

blog

पक्राउ परेका देउकुमार खड्का । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता 

रुकुम पश्चिम, असार २७ गते । जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजुलाई खुकुरी प्रहार गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजु दिलसरा बोहरा खड्कालाई कुखुरी प्रहार गरेका हुन् । 

सहोदर भाउजु माथी खुकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक बिष्णुप्रसाद सोतीले आईतबार राती जग्गा अंशबण्डाको विषयमा झगडा हुँदा देउकुमारले आफ्नै भाउजु दिलसरालाई खुकरी हानेको बताउनुभयो । 

खुकुरी प्रहारबाट दिलसरा घाईते हुनुभएको छ भने देउकुमारलाई प्रहरी पक्राउ गरेको छ । घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी सिम्रुतु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पठाएर खड्कालाई नियन्त्रणमा लिईएको थियो । 

घाईते दिलसराको अवस्था गम्भिर भएपछि थप उपचारको लागि सोमबार नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ । उहाँको टाउको र हातमा गहिरो चोट लागेको प्रहरी नायव उपरीक्षक सोतीले जानकारी दिनुभयो । खुकुरी प्रहार गर्ने खड्कामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।