• १३ साउन २०८१, आइतबार

आचार्यद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

blog

शालिग्राम नेपाल 

चितवन, असार २५ गते । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले गृह जिल्ला चितवनमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । युनियनको साउन ६ र ७ गते हेटौंडामा हुने नवौं महाधिवेशनमा केन्द्रीय अध्यक्ष लड्ने आज उम्मेदवारी घोषणा गर्नुभएको हो ।

प्रेस युनियन चितवनले युनियनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहेका आचार्यलाई अध्यक्षमा उठाउने निर्णय गरेको छ । प्रेस युनियन चितवनले शनिवार आयोजना गरेको उम्मेदवारी घोषणा समारोहमा सम्बोधन गर्दै  पत्रकार आचार्यले हाल नेपालको पत्रकारिता विषम परिस्थितिमा रहेको तथा पत्रकारिता कमजोर भयो भने आम नागरिकको सुचनाको हक संकुचित हुने बताउनुभयो ।

आचार्यले स्थानीय मिडिया र पत्रकारको कोरोना संक्रमण न्यूनिकरणमा ठूलो भूमिका रहेको उदारहण दिंदै स्थानीय मिडिया र पत्रकारलाई संघीय सरकार र स्थानीय निकायले सहयोग गर्नुपर्ने बताउनुभयो । प्रेस युनियनको आसन्न निर्वाचनमा मिडियामैत्री कानुन र पत्रकारको हक हितको मुद्दालाई प्राथमिकता दिएको आचार्यको भनाइ छ ।

उम्मेदवारी घोषणा सभामा प्रेस युनियनका केन्द्रीय सदस्य वसन्त पराजुली तथा जिल्ला अध्यक्ष अनिल ढकालले  पत्रकार आचार्यको विजयको लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।