• ४ जेठ २०८१, शुक्रबार

फोनिज युके पुरस्कारबाट दुई पत्रकार पुरस्कृत

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २४ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) युके सम्मान र पुरस्कारबाट दुई जना पत्रकार यहाँ आज सम्मानित र पुरस्कृत हुनुभएको छ । फोनिज केन्द्रीय समितिद्वारा यहाँ आयोजित समारोहमा सो पुरस्कार वितरण गरिएको हो ।

फोनिज युके सम्मान २०२२ बाट फोनिजका पूर्व कोषाध्यक्ष टीकाराम प्रधान सम्मानित हुनुभयो । हाल उहाँ काठमाडौं पोष्ट अंग्रेजी दैनिकमा कार्यरत हुनुहुन्छ । त्यस्तै, फोनिज युके पुरस्कार २०२२ बाट पत्रकार निलिफा सुब्बा पुरस्कृत हुनुभयो । सम्मान र पुरस्कारको राशी जनहीँ २५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ । 

सम्मानित र पुरस्कृत दुवैलाई आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर र नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । कार्यक्रम फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको थियो ।