शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन कार्की
काठेखोला (बागलुङ), मङ्सिर २२ गते । बागलुङको ताराखोला गाउँपालिका–५ कराचेमा निर्माणस्थलमा रोकिएको जेबिसीमाथि पहिरो खस्दा सह–चालकको मृत्यु भएको छ ।
आइतबार गण्डकी प्रदेश–०२–००१ क ०००२ नम्बरको जेसीबी सफा गर्ने क्रममा निर्माणस्थलको माथिल्लो भागबाट अचानक सुख्खा ढुङ्गा र माटोसहितको पहिरो खस्दा सह–चालक रोल्पा घर भएका १९ वर्षीय बिशाल पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिनुभयो ।
घटनामा जेबिसी समेत क्षतिग्रस्त भएको प्रहरीको बताएको छ । मृतक पुनको शव घटनास्थलमै रहेको र आवश्यक प्रक्रिया अघि बढाइरहेको जिप्रका बागलुङका सूचना अधिकारी थापाले बताउनुभयो ।
सो जेबिसीका चालक ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका २८ वर्षीय झकबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ ।