• २२ मङ्सिर २०८२, सोमबार

बालबालिकाविरुद्ध हुने हिंसा रोकथामका गर्न निर्देशिका सार्वजनिक

blog

कार्यक्रममा मञ्चासिन अतिथिहरु । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर २२ गते  ।
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा राजविराज नगरपालिकाले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय नीतिसहितको निर्देशिका सार्वजनिक गरेको छ ।

‘प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं’ नाराका साथ आइतबार नगरपालिकाले स्थानीय नीतिसहितको निर्देशिका सार्वजनिक गरेको हो ।

महिला तथा कानुन मञ्चको सहयोग, विदेह फाउण्डेशनको समन्वयमा राजविराज नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सूचना अधिकारी सुरेश यादवले निर्देशिका सार्वजनिक गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रञ्जु ठाकुरले राजविराज नगरपालिकाले ल्याएको नीति कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हिंसापीडित महिलाका लागि सेफ हाउस अपरिहार्य रहेकाले त्यसतर्फ नगरपालिकाले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यवाहक नगरप्रमुख इसरत परवीनको अध्यक्षतामा आयोजित सार्वजनिकीकरण कर्यक्रममा महिला कानुन विकास मञ्चकी म्यानेजर सजनी केसी, विदेह फाउण्डेशनका अध्यक्ष राघव ठाकुर, वडाअध्यक्ष सुभाषचन्द्र यादव, शशी चौधरी, कार्यपालिका सदस्य सोनी रजक लगायतकाले आ–आफ्नो धारणा राख्नुभयो ।

जारी निर्देशिकामा महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा, त्यसको रोकथामका उपाय र हिंसापछि न्याय तथा पुनःथापनाका लागि वडा स्तरबाट नै न्याय लागि पहल हुनुपर्ने उल्लेख छ ।