शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर १७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले विराटनगर किङ्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ गर्दैछ । टस हारेको विराटनगरले ब्याटिङको निम्तो पाएको छ ।
विराटनगरको आज टिममा स्टार ब्याट्म्यान फाफ डुप्लेसीलाई ओपनिङमा खेलाएको छ । विराटनगरले शेहान जयसूर्याको स्थानमा फाफ डुप्लेसीलाई मैदानमा उतारेको हो ।
अहिले विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको बनाएको छ । लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।