• १४ असार २०८१, शुक्रबार

भारत सरकारको सहयोगमा दुई विद्यालय बने

blog

काठमाडौं, असार २३ गते । छिमेकी राष्ट्र भारत सरकारको सहयोगमा कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन भएको छ । 

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयको काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करण वंशजले बिहीबार उद्घाटन गर्नुभयो ।

 शिवभरीमा सात सय र जानकी उच्च माध्यामिक विद्यालयमा एक हजार तीन सय विद्यार्थीहरु अध्ययनरत छन् भने यी दुवै विद्यालय कपिलवस्तु जिल्लाको सबैभन्दा पुराना विद्यालय हुन् । शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा ५ करोड ९२ लाख रुपियाँ लागतमा यो परियोजना अघि बढेको थियो । 

भारतीय राजदूतावासले भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सवको अवसरमा यी परियोजनाहरुको उद्घाटन गरिएको जनाएको छ । सन् २००३ यता भारतले नेपालमा पाँच सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । यस्तै, स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा चार सय ७० वटा परियोजना सम्पन्न भइसकेका छन् ।