• १२ मंसिर २०८२, शुक्रबार

एनपिएल : काठमाण्डु ५३ रनले विजयी

blog

विजयी भएपछि काठमाण्डुको खुशी । तस्बिर एनपिएल

काठमाडौँ,  मङ्सिर १२ गते ।  नेपाल प्रिमियर लिग (एनपिएल)  क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाण्डु गोर्खाज विजयी भएको छ । काठमाण्डुले चितवन राइनोजलाई ५३ रनले हराएको हो । 

टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रन रन बनाउँदा अलआउट भएको हो । यो जितसँगै पाँच खेल खेलेको काठमाण्डुले ६ अङ्क जोडेको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भयो। चितवनका लागि जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान दिनुभयो  ।

चितवनका सोहेल तनभिरले चार, कमल सिंह ऐरीले दुई र रञ्जित कुमारले दुई विकेट हात पार्नुभयो ।


१४३ रनको लक्ष्य पछ्याएको चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१–२१ रन बनाउनुभयो भने सोहेल तनभिरले १८ रन जोड्नुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

चितवनलाई १७ ओभर दुई बलमा ८९ रनमै समेट्न काठमाण्डुका लागि राशिद खानले तीन विकेट लिँदा करण केसी मिलिन्द कुमार र साहब आलमले समान दुईदुई विकेट हात पर्नुभयो । उसका लागि सन्तोष यादवले एक विकेट लिनुभयो । 


यो जितसँगै करण केसीको नेतृत्वमा रहेको काठमाण्डु ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेलेको काठमाडौंले दुई खेल गुमाउँदा तीन खेल जितेको हो ।

कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा झरेको छ । 

शुक्रबारको दोस्रो खेलमा कर्णाली र विराटनगर भिड्दैछन् ।