फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर ११ गते । गण्डकी प्रदेशसभाबाट पारित भएका दुई विधेयक प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण गर्नुभएको छ ।
गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक र गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक, २०८२ प्रदेश प्रमुख भट्टले बिहीबार प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशसभाले गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक २०८२ गएको कात्तिक २८ गते पारित भएको हो । सो विधेयक कात्तिक २४ गते सभामा प्रस्तुत भएको थियो ।
गण्डकी विश्वविद्यालय ऐन २०७६ मा भएको पछिल्लो संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यासिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा परिर्वतन गरेको छ । गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक भने कात्तिक २४ गते प्रदेशसभाबाट पारित भएको थियो ।