शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, मङ्सिर १० गते । तुलसीपुर कारागारका ७३ कैदी अझै फरार छन् । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट फरार भएका २ सय ५३ कैदीबन्दी भागेको थिए । २५३ मध्ये अझै ७३ कैदी अझै फरार रहेको तुलसीपुर कारागारका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म १ सय ६० जना कैदीबन्दी कारागारमा फर्किसकेका छन्, जसमा २० जना अन्य जिल्लाका कारागारमा रहेका छन्। फरारमध्ये ८९ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको र ९१ जना आफैं कारागारमा फर्किएको सिजवालले बताउनुभयो ।
भदौ २३ गते राति १ सय २४ जना र भदौ २४ गते दिउँसो १ सय २९ जना गरी २५३ कैदीबन्दी आन्दोलनको क्रममा कारागारबाट फरार भएका थिए। फरार रहेका ७३ कैदीहरूको खोजी कार्य जारी रहेको कारागार प्रशासनले जनाएको छ।