शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रामकृष्ण बोहरा
बागलुङ, मंसिर १० गते । जिल्लाको काठेखोला गाउँपालिकास्थित एक गोठमा आगलागी हुँदा पशुचौपायामा क्षति पुगेको छ । बुधबार दिउँसो काठेखोला गाउँपालिका–४ तंग्रामको फाँपरखेत बस्ने ६२ वर्षिय थमबहादुर पुनको गोठमा आगलागी हुँदा पशुचौपायमा क्षति पुगेको हो ।
आगलागीमा परी गोठमा बाँधिराखेका दुईवटा बाख्रा र एक खसीको ज्यान गएको छ । दुईवटा भैंसी आंशिक जलेका छन् । आगलागीबाट गोठ राखिएको एक हाते ट्याक्टर, बीस एमएमको तीन क्वाइल पानीको पाइप, अन्दाजी साढे दुई क्विन्टल आलु, एक क्विन्टल मकै जलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
आगलागीबाट गोठ पूर्णरुपमा जलेको छ । आगलागी भएको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागी के कति कारणले भयो, क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।