• १० मंसिर २०८२, बुधबार

नेता बस्नेत धनगढी आउने खबरले जेनजी सडकमा

blog

प्रदर्शनमा उत्रिएका जेनजी युवा ।

अविनाश चौधरी

धनगढी, मङ्सिर १० गते । नेकपा (एमाले) का नेता महेश बस्नेत आज धनगढी आउने खबर पाएपछि जेनजी युवा सडकमा उत्रिएका छन् । 

विभिन्न नारा लेखिएको कार्ड बोकेर उनीहरु धनगढीस्थित हसनपुरको सडकमा उत्रिएका हुन् । जेनजीहरुले धनगढी रङ्गशाला क्षेत्रमा बस्नेतविरुद्धमा नाराबाजी गरिरहेका छन् । 

राष्ट्रिय युवा सङ्घले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी आइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घको सभा हलमा हुन गइरहेको कार्यक्रमलाई सम्बोधन गर्न नेता बस्नेत यहाँ आउन लाग्नुभएको प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताउनुभयो । बस्नेत आउन लागेपछि जेनजी युवाले कार्यक्रमस्थल नजिक सडकमा विरोध गरिरहेका छन् ।