शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रवीण कुमार शर्मा
रौतहट, मङ्सिर १० गते । रौतहटको माधवनारायण नगरपालिका –४ बिशुनपुर्वा टोलका रुबिना यादव झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । रुपेश राय यादवको २० वर्षीय श्रीमती यादव घरका सदस्यहरु खेतमा काम गर्न गएको अवस्थामा मङ्गलबार साँझ ५ः३० बजे सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो ।
झुण्डिएको अवस्थामा यादवको श्रीमानले देखेपछि स्थानीयको सहयोगमा पासो खोली हेर्दा मृत्यु भइसकेको उहाँले बताउनुभयो । प्रहरी घटनास्थलमा पुग्नु अगावै स्थानीय मानिसहरुको सहयोगमा सलको पासोबाट खोली लास घरको प्यासेजमा राखिएको प्रवक्ता बस्यालले जानकारी दिनुभयो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।