शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, मङ्सिर १० गते । नवलपुरमा छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । गएराति हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ३० वर्षीय छोरा सन्तकुमारको कुटाइबाट ६० वर्षीय बुबा रामबहादुर विकको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
बाबुछोराबिच सामान्य घरायसी विवादका कारण झै–झगडा हुँदा कुटपिट हुँदा गम्भीर घाइते हुनुभएका रामबहादुरको उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा राति नै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
कुटपिट गर्ने सन्तकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको नेपालले बताउनुभयो ।