शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रमेश विश्वकर्मा
गुल्मी, मङ्सिर ९ गते। खेल्ने क्रममा नाम्लाको पासो लाग्दा गुल्मीमा एक बालक घाइते भएका छन् । सोमबार साँझ यस जिल्लाको सत्यवती गाउँपालिका–५, हँसराका गोबिन्द माझकोटीको छोरा नौ वर्षीय माधव माझकोटी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मका अनुसार आफ्नै घरमा नाम्लोको डोरीले पिङ हाली खेल्ने क्रममा एक्कासी डोरी घाँटीमा बटारिन जाँदा बालक घाइते हुनुभएको हो । घाइते हुनुभएका बालकलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ ।
उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । निजको उपचारमा बुवा गोबिन्द माझकोटी संलग्न रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।