- रामायण, वाल्मीकिद्वारा रचित एक महाकाव्य हो । जसमा रामको जीवन कथा वर्णित छ । यो काव्य सात काण्डमा विभाजित छ ।
- सीताको जन्म पनि अलौकिक छ । राजा जनक मिथिला नरेश थिए । जसलाई विदेह पनि भनिन्छ किनकि उनी इन्द्रियहरूमाथि विजय प्राप्त गरेका थिए । एक पटक जनकले यज्ञका लागि भूमि जोत्दै थिए । तब भूमिबाट एक कन्या प्रकट भइन् । यो कन्या नै सीता थिइन् ।
- राजा जनकले सीताका लागि स्वयम्बर राखे । स्वयम्बर भनेको राजकुमारीले आफैँ वर छान्ने प्रथा हो । जनकले सर्त राखे जसले शिवधनुषलाई उठाएर त्यसमा ताँड चढाउन सक्छ । उसैसँग सीताको विवाह हुने छ ।
धनुषा जिल्लामा अवस्थित प्राचीन र धार्मिक महत्वको सहर हो । मिथिला संस्कृति र रामायणसँग गहिरो रूपमा जोडिएको छ । जनकपुरलाई मिथिलाको राजधानी मानिन्छ र यसलाई जानकी नगरी पनि भनिन्छ । यस सहरको सबैभन्दा प्रमुख आकर्षण हो जानकी मन्दिर, जसलाई सीता मन्दिर पनि भनिन्छ । यो मन्दिर देवी सीता (जानकी) को समर्पित छ र यसलाई रामसीताको विवाह स्थल मानिन्छ । रामायण महाकाव्यमा वर्णित रामसीताको विवाहलाई जानकी बिहे भनिन्छ, जुन एक अलौकिक र दिव्य घटना पनि हो । यो विवाह मात्र एक सांसारिक मिलन होइन, बरु विष्णु अवतार राम र लक्ष्मी अवतार सीताको दिव्य सङ्ग हो । जसमा देवता, ऋषिमुनि र सम्पूर्ण ब्रह्माण्डको सहभागिता थियो ।
जनकपुरको जानकी बिहे अलौकिक पक्षबारे विस्तृत रूपमा चर्चा गरिन्छ । रामायणको बालकाण्डमा आधारित यो कथा अलौकिक घटनाले भरिपूर्ण छ । यो विवाहलाई हिन्दु धर्ममा आदर्श विवाहका रूपमा लिइन्छ । जसले धर्म, कर्तव्य र प्रेमको सन्देश दिन्छ । जनकपुरमा प्रत्येक वर्ष विवाहपञ्चमीमा रामसीतालाई स्मरण गर्दै उत्सव मनाइन्छ । जसले लाखौँ भक्तजनलाई आकर्षित गर्छ । यो अलौकिक विवाहको कथा रामायणको मूल भाग हो र यसले मानव जीवनमा दिव्यताको महìवलाई उजागर गर्छ ।
रामायणका अनुसार यो विवाह त्रेतायुगमा भएको थियो । जुन आजभन्दा हजारौँ वर्षपहिले हो । यसको अलौकिकता यसमा छ कि यो मात्र दुई राजकुमार र राजकुमारीको मिलन मात्र नभएर, बरु देवताको योजनाबाट निर्देशित थियो । राजा जनकले सीताका लागि स्वयम्बर राखेका थिए । जसमा शिवधनुष तोड्ने सर्त थियो । यो धनुष अलौकिक थियो, जसलाई कुनै पनि राजा वा योद्धाले हल्लाउन पनि सक्दैनथे । रामले यसलाई सजिलै तोडे । जसले उनको दिव्य शक्तिलाई प्रमाणित गर्छ । यो घटनाले रामको विष्णु अवतार भएको सङ्केत दिन्छ ।
सीताको जन्म
रामायण, वाल्मीकिद्वारा रचित एक महाकाव्य हो । जसमा रामको जीवन कथा वर्णित छ । यो काव्य सात काण्डमा विभाजित छ । जानकी बिहे बालकाण्डमा आउँछ । बालकाण्डमा रामको जन्म, बाल्यकाल र विवाहको वर्णन छ । यो काण्डले रामको दिव्यता र उनका गुणलाई उजागर गर्छ । राम अयोध्या नरेश दशरथका जेठा पुत्र थिए । जसलाई विष्णुको सातौँ अवतार मानिन्छ । उनको जन्म रावण वधका लागि भएको थियो । जसले देवतालाई पीडित बनाएको थियो ।
सीताको जन्म पनि अलौकिक छ । राजा जनक मिथिला नरेश थिए । जसलाई विदेह पनि भनिन्छ किनकि उनी इन्द्रियहरूमाथि विजय प्राप्त गरेका थिए । एक पटक जनकले यज्ञका लागि भूमि जोत्दै थिए । तब भूमिबाट एक कन्या प्रकट भइन् । यो कन्या नै सीता थिइन् । जसलाई जनकले आफ्नी पुत्री बनाए । सीताको जन्म भूमिबाट भएकाले उनलाई भूमिजा वा जानकी भनिन्छ । यो घटना अलौकिक छ किनकि सीता लक्ष्मीको अवतार थिइन् । जसलाई देवताहरूले रावण वधका लागि पठाएका थिए । सीताको जन्मले नै यो विवाहको दिव्यतालाई सङ्केत गर्छ । जनकले सीतालाई आफ्नी पुत्री बनाए र उनको पालनपोषण गरे । सीताको सौन्दर्य, गुण र ज्ञान अलौकिक थियो । जसले उनलाई देवीको रूपमा स्थापित गर्छ ।
जनकपुर यो घटनाको केन्द्रविन्दु हो । जनकपुरलाई प्राचीन मिथिला मानिन्छ । जसको इतिहास हजारौँ वर्ष पुरानो छ । यहाँ जानकी मन्दिर छ । जसलाई १९१० इस्वीमा रानी वृषभानु कुँवरले बनाएकी थिइन् । यो मन्दिर नौ लाख रुपियाँमा बनेकाले नौलाखा मन्दिर पनि भनिन्छ । मन्दिरमा सीताको सुनको मूर्ति छ । जसलाई १६५७ इस्वीमा पाइएको थियो । यो मन्दिर विवाहमण्डपसँग जोडिएको छ । जसलाई रामसीताको विवाह स्थल मानिन्छ । जनकपुरको गङ्गा सागर, धनुष सागर जस्ता ताल पनि रामायणसँग जोडिएका छन् । यो सहर नेपाल र भारतका हिन्दुका लागि तीर्थस्थल हो ।
रामको आगमन
राजा जनकले सीताका लागि स्वयम्बर राखे । स्वयम्बर भनेको राजकुमारीले आफैँ वर छान्ने प्रथा हो । जनकले सर्त राखे जसले शिवधनुषलाई उठाएर त्यसमा ताँड चढाउन सक्छ । उसैसँग सीताको विवाह हुने छ । यो धनुष अलौकिक थियो धनुष शिवले राजा जनकका पूर्वजलाई दान दिएका थिए । यो धनुष यति भारी र शक्तिशाली थियो कि हजारौँ राजाले यसलाई हल्लाउन पनि सक्दैनथे । जनकले यो सर्त राखे किनकि उनलाई विश्वास थियो कि सीताको वर पनि अलौकिक नै हुने छ ।
विवाहको दिव्य विधि र उत्सव
रामसीताको विवाह जनकपुरमा भव्य रूपमा सम्पन्न भयो । जनकले दशरथलाई निम्तो पठाएर अयोध्याबाट बारात आयो । बारातमा दशरथ, भरत, शत्रुघ्न र लक्ष्मण थिए । विवाहमा चार भाइको विवाह एकसाथ भयो रामको सीतासँग, लक्ष्मणको उर्मिलासँग, भरतको माण्डवीसँग र शत्रुघ्नको श्रुतकीर्तिसँग भयो । यो विवाह अलौकिक थियो किनकि यो देवताहरूको योजनामा थियो । विवाहमण्डपमा वेदका मन्त्रहरू उच्चारण भए, अग्निकुण्ड प्रज्वलित भयो । सीता र रामले सात फेरा लगाए । जसले हिन्दु विवाह परम्पराको आधार राख्यो ।
विवाहको उत्सव जनकपुरभरि फैलियो । सहरलाई फूलहरूले सजाइएको थियो । सङ्गीत बजाइएको थियो, नाचगान भएको थियो । यो उत्सव दिव्य थियो किनकि देवता अदृश्य रूपमा उपस्थित थिए । रामायणमा वर्णित छ कि अप्सराले नृत्य गरे, गन्धर्वले गीत गाए । यो विवाहले मिथिला र कोसलको सङ्घलाई पनि मजबुत बनायो । जनकले दान दिए, ब्राह्मणलाई भोजन गराए । यो सबै अलौकिक थियो किनकि यो रामको जीवन यात्राको सुरुवात थियो, जसले रावण वधसम्म पुग्छ ।
अलौकिक पक्ष
जानकी बिहेको अलौकिकता विभिन्न पक्षमा छन् । पहिलो, सीताको जन्मभूमिबाट यो चमत्कार हो, जसले उनलाई देवी बनाउँछ । दोस्रो, शिवधनुष यो धनुष देवताहरूको थियो । जसलाई रामले तोडे, जसले रामको विष्णु अवतारलाई प्रमाणित गर्छ । तेस्रो, विवाहमा देवताहरूको सहभागिता रामायणमा वर्णित छ कि इन्द्र, ब्रह्मा आदि देवताले आशीर्वाद दिए । चौथो, परशुरामको आगमन यो दुई अवतारको मिलन हो । पाँचौँ, विवाहको प्रभाव यो विवाहले रामको वनवास, सीताहरण र रावण वधको आधार राख्यो । जसले धर्मको विजयलाई सुनिश्चित गर्छ ।
यो विवाहले हिन्दु दर्शनलाई प्रतिविम्बित गर्छ । रामसीता आदर्श दम्पती हुन् । जसले पतिव्रता, कर्तव्य र प्रेमको उदाहरण दिन्छन् । अलौकिकता यसमा छ कि यो मात्र मानवीय मिलन होइन, बरु ब्रह्माण्डीय सन्तुलनको भाग हो । जनकपुर यो अलौकिकताको साक्षी हो ।