शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, मङ्सिर ८ गते । कैलाली प्रहरीले फरार १४९ प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुुसार अदालतको फैसलापछि ती प्रतिवादीहरु फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयले ६८, इलाका प्रहरी कार्यालय मालाखेतीले २५, इलाका प्रहरी कार्यालय टीकापुरले २२, इलाका प्रहरी कार्यालय भजनीले १० जनालाई पक्राउ गरेको छ ।
यसैगरी, इलाका प्रहरी कार्यालय सुखडले नौ, इलाका प्रहरी कार्यालय सडकपुरले सात, इलाका प्रहरी कार्यालय लम्कीले छ र इलाका प्रहरी कार्यालयले दुई प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेका प्रतिवादीहरुलाई आवश्यक कारबाहीका लागि अदालत पठाइएको प्रवक्ता सिंहले जानकारी दिनुभयो ।