• ८ मंसिर २०८२, सोमबार

व्यवस्था परिवर्तन भए पनि आफू अझै पीडामा रहेको पूर्वलडाकुको गुनासो

blog

काठमाडौँ, मङ्सिर ८ गते । माओवादीका पूर्व लडाकुले आफूहरुको योगदानकै कारण मुलुकमा राजनीतिक व्यवस्था भइ गणतन्त्र स्थापना भए पनि आफू अझै पीडामा रहनुभएको भनी दुखेसो पोखेका छन् ।

जनमुक्ति सेना स्थापना दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वजनमुक्ति सेना डिभिजनका अध्यक्ष नवीन पुनले मुलुक परिवर्तनका लागि आफूले दिएको योगदान इतिहासले सधैँ सम्झने बताउनुभयो । “हामीले लडेको क्रान्ति असफल भएको होइन”, पुनले भन्नुभयो । 

माओवादी नेतृत्वको आह्वानमा भएको जनयुद्धको दौरान विं.स.२०५८ साल मङ्सिर ८ गते औपचारिक रुपमा जनमुक्ति सेना स्थापना भएको थियो । पत्रकार सम्मेलनमा सहिद, अङ्गभङ्ग भएका, बेपत्ता लगायतलाई स्मरण गरियो । रासस