• ८ मंसिर २०८२, सोमबार

मुख्य सचिवमा अर्याल नियुक्त

blog

सचिव सुमनराज अर्याल । फाइल तस्बिर

काठमाडौँ,  मङ्सिर ८ गते ।  नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

आजको मन्त्रिपरिषद्को निर्णयले अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिनुभयो । 

हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जानुहुँदै छ । रासस