शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा अहिले साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स प्रतिस्पर्धा गरिरहेका छन् ।
त्रिवि मैदान कीर्तिपुरमा विराटनगरले जनकपुरविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । जनकपुरले टस जितेर फिल्डिङ रोज्दै विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार तेस्रो खेल जित्ने लक्ष्यमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंँविरुद्ध जित दर्ता गरेको थियो ।
यस्तै अनिल साहका कप्तानीमा रहेको जनकपुर पहिलो जित निकाल्ने तयारीमा छ । यसअघि जनकपुर उद्घाटन खेलमा काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो ।