शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी) मङ्सिर ८ गते । गुल्मी दरबार गाउँपालिका– ५ अम्मर अर्बाथोकका ५८ वर्षीय नारायण श्रेष्ठको गोठमा अचानक आगलागी भएको छ । आगोमा परेर एउटा भैंसी र पाडोको मृत्यु भएको छ ।
प्रहरी चौकी चारपाला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो ।
त्यस्तै रेसुङ्गा नगरपालिका–३ भाडगाँउका ४० वर्षीय अनिल बस्नेतको ढुङ्गा माटोले बनेको गोठमा कुडो पकाउने क्रममा अचानक आगलागी हुँदा दुई भैंसी र एउटा गाई जलेर घाइते भएका छन् । आगो जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रहरी टोली, रेसुङ्गा नगरपालीकाको दमकल र स्थानियको सहयोगमा नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिनुभयो ।