पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, मङ्सिर ८ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले शैक्षिक गुणस्तर सुधारको अभियान थालेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले ‘पढाउने होइन, सिकाउने’ अभियानबाट शिक्षकहरूमा सकारात्मक ऊर्जा थपी समग्र शैक्षिक गुणस्तरमा गुणात्मक वृद्धि हुने विश्वास लिएको बताउनुभयो ।
यसै क्रममा नगरपालिकाले शिक्षकहरूलाई लक्षित गरी तीन दिने व्यावहारिक उत्प्रेरणा तालिम गरेको हो । यो तालिममा प्रशिक्षक हरिश ओलीले विद्यार्थी एवम् शिक्षकका लागि प्रार्थना व्यवस्थापन र सकारात्मक चिन्तनबारे प्रशिक्षण दिनुभएको छ । उपप्रमुख रुद्र प्रकाश उपाध्यायले विद्यार्थीमा असल संस्कृतिको विकास गर्न र सकारात्मक चिन्तनमा जोड दिन तालिम फलदायी हुने बताउनुभयो ।
समग्रमा, विद्यार्थीलाई शिक्षक र अभिभावकप्रति सम्मान गर्ने व्यवहारिक शिक्षा दिनु र शिक्षण सिकाईलाई रूपान्तरण गर्नु नै यो उत्प्रेरणा तालिमको मुख्य सन्देश रहेको छ । प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सामुदायिक विद्यालयको गुणस्तर सुधार, शिक्षण विधिलाई ‘पढाउने नभै सिकाउने’ उद्देश्यतर्फ केन्द्रित गर्न हुने बताउनुभयो ।
उत्प्रेरणा तालिमको मुख्य सन्देश शिक्षण सिकाइलाई रूपान्तरण गर्नु र विद्यार्थीलाई शिक्षक तथा अभिभावकप्रति सम्मान गर्ने व्यवहारिक शिक्षा दिनुरहेको नगरपालिकाले जनाएको छ ।
शैक्षिक सुधारका लागि हरेक शिक्षक, विद्यार्थी र अभिभावकलाई जिम्मेवार बनाउनु अपरिहार्य रहेकोमा जोड दिँदै नगरपालिकाले यो अभियानमा सबै सरोकारवालालाई सक्रियतापूर्वक जोडिन आग्रह गरेको छ ।