• ८ मंसिर २०८२, सोमबार

लागुऔषधसहित एक जना पक्राउ

blog

लागुऔषध सहित पक्राउ परेका रौतहटको माधवनारायण –३ बिसुनपुरवा मानपुरका मुकेश मुखिया ।तस्बिर सौजन्य : शस्त्र प्रहरी बल नेपाल

प्रवीण कुमार शर्मा 
रौतहट, मङ्सिर ८ गते ।
रौतहटको गौर नगरपालिका वडा नं. २ स्थित भन्सार एरियाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरबाट खटिएको टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको  सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेड क्वाटर रौतहटका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापाले जानकारी दिनुभयो  ।

आइतबार दिउँसो ४ बजेको समयमा सिमावर्ती भारतको बैरगनियाबाट नेपालतर्फ गौर आउँदै गर्दा  शङ्का लागेर चेकजाँच गर्दा विभिन्न प्रकारका लागुऔषधसहित एक जना पक्राउ परेको हो ।

पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका वडा नं. ३ बिसुनपुरवा मानपुरका २८ वर्षीय मुकेश मुखिया रहेको प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका मुखियाको साथबाट प्रतिबन्धित लागुऔषध डायजेपाम इन्जेक्सन दुई, एमएल दुई पिस, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन दुई, बुप्रेनोर्फिन इन्जेक्सन दुई, एमएल दुई पिस, नाइट्राजेपाम ट्याब्लेट ३० पिस बरामद भएको छ ।

पक्राउ परेका मुखिया र बरामद लागुऔषधलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।