- केही वर्षयता नेपालमा बिजुलीको उत्पादन बढ्नुका साथै खपत पनि दिनहुँ बढिरहेको छ । वास्तवमा विकासका लागि यो शुभ सङ्केत हो ।
- नेपाल आयल निगमको आर्थिक सहयोगमा काठमाडौँ विश्वविद्यालयले परीक्षणको रूपमा हाइड्रोजन ऊर्जा उत्पादन गरेपछि नेपालमा हाइड्रोजन ऊर्जा उत्पादनको नयाँ सम्भावना देखिएको हो । हाल यहाँको केही जलविद्युत् आयोजनाले वर्षा याममा पानीको सदुपयोग गरी हाइड्रोजन ऊर्जा उत्पादन गर्ने चासो देखाएका छन् ।
- जलस्रोत मानव जीवनको आधार हो । यसको सुरक्षा गरी सदुपयोग गर्न सकेमा भविष्यमा नेपालको दिगो विकासका लागि आधार हुने छ । यसका लागि आगामी दिनमा यहाँका तिनै तहका सरकार एकजुट भई काम गर्न आवश्यक छ ।
विकास एक निरन्तर प्रक्रिया हो । यसको विद्युत्सँग गहिरो सम्बन्ध हुन्छ । जुन देशमा बिजुलीको बढी खपत हुन्छ, त्यहाँ बढी आर्थिक विकास हुन्छ तर जुन देशमा बिजुलीको खपत कम हुन्छ, त्यहाँ पछौटेपन बढी हुन्छ । नेपाल जलस्रोतका लागि धनी मानिन्छ । यो विश्वको एक विपुल जलभण्डार हो । जसको सही परिचालनबाट जलविद्युत् मात्र नभई बढ्दो सिँचाइ एवं खानेपानीको समस्या समाधान गर्न सकिन्छ ।
नेपालमा झन्डै छ हजार नदीनाला छन् । जसको संरक्षण एवं सदुपयोग गर्न सके यहाँको सम्पूर्ण खेतीयोग्य जग्गामा सिँचाइ गरी कृषि उत्पादन बढाउन सकिन्छ । परन्तु हालसम्म पनि यहाँको अधिकांश खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पु¥याउन नसकिएकाले प्रत्येक वर्ष आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ । फलतः यहाँको कृषि उत्पादन बढाउन नसकी आयातमुखी हुनु परेको छ । नेपालमा कुल ३९ लाख ३१ हजार हेक्टर खेतीयोग्य जमिन छ । यहाँ ७५ देखि आठ हजार ८४८ मिटर उचाइमा विद्यमान हावापानीमा सबै किसिमका खाद्यान्न, फलफूल र सागपातको खेती गर्न सकिन्छ तर राजनीतिक अस्थिरता र सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन नसक्नाले यहाँ हालसम्म पनि ठोस कृषि विकास हुन सकेको छैन ।
नेपाल एक कृषिप्रधान देश भएकाले कृषि विकासबिना यहाँको सर्वाङ्गीण विकास सम्भव छैन । यसै सन्दर्भमा कृषि विकासका लागि विसं २०५२ मा दीर्घकालीन कृषि नीति निर्माण गरियो । पछिल्लो समय २०७२–९२ अर्थात् २० वर्ष कृषि रणनीति अवलम्बन गरिएको छ । जसको मुख्य उद्देश्य खाद्यान्नमा आत्मनिर्भर हुने, रोजगारी सिर्जना गर्ने र खाद्य तथा पोषण सुरक्षा गर्ने हो । उक्त उद्देश्य परिपूर्तिका लागि ठुला सिँचाइ आयोजनाको आवश्यकता पर्छ । यसै सन्दर्भमा सिकटा, कुलरिया जमुनिया, बेरी बबई डाइभर्सन जस्ता ठुला सिँचाइ आयोजना अगाडि सारिएका छन् । यिनीहरूको निर्माण कार्य सुरु गरिएको एक शताब्दी बितिसक्दा पनि सम्पन्न गर्न सकिएको छैन ।
वस्तुतः ठुला सिँचाइ आयोजना सरकारले मात्र निर्माण गर्न सक्ने पुरानो सोच हालसम्म पनि यहाँ विद्यमान छ । परिणामतः उक्त आयोजना यथोचित समयमा सम्पन्न गर्न सकिएको छैन । भविष्यमा यी आयोजनामा निजी क्षेत्रको सक्रियता बढाउने हो भने चाँडै नै सम्पन्न गर्न सकिने सम्भावना देखिन्छ । हाल सिँचाइ सुविधा पु¥याउन नसकिएका नेपालका खेतीयोग्य जमिनमा लघु सिँचाइ, स्यालो टयुबवेल, लिफ्ट सिँचाइ र थोपा सिँचाइ व्यापक बनाउन जरुरी छ । यसो गर्न सकेमा स्वदेशी कृषि उत्पादन बढेर आयात घट्ने छ र यहाँको कुल गार्हस्थ्य उत्पादनमा केही योगदान बढ्ने छ ।
आज जनसङ्ख्या वृद्धिको कारण विश्वभर खानेपानीको समस्या दिन प्रतिदिन तीव्र रूपले बढिरहेको छ । यस सन्दर्भमा नेपाल पनि अछुतो रहन सकेको छैन । उक्त समस्याको न्यूनीकरणका लागि यहाँ विद्यमान जलसम्पदाको अधिकतम परिचालन गर्न आवश्यक छ । नेपाल जलसम्पदाका लागि एक सम्पन्न राष्ट्र भए तापनि राजनीतिक नेतृत्वको यथास्थितिवादी सोचका कारण उक्त सम्पदाको सोचे अनुरूप सदुपयोग गर्न सकिएको छैन । यहाँ बेला बेला भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।
केही वर्षयता नेपालमा बिजुलीको उत्पादन बढ्नुका साथै खपत पनि दिनहुँ बढिरहेको छ । वास्तवमा विकासका लागि यो शुभ सङ्केत हो । केही वर्षयता नेपालमा विद्युत् उत्पादन वृद्धि भएको छ । यस सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणबाट ५७३.६ मेगावाट र थर्मल प्लान्टबाट ५८ मेगावाटसहित कुल ६३१ मेगावाट विद्युत् उत्पादन भएको छ । निजी क्षेत्रबाट यहाँ दुई हजार ४३६ मेगावाट विद्युत् उत्पादन गरिएको छ । स्वच्छ ऊर्जा उत्पादनका लागि निजी क्षेत्रले निकै लगानी गरेकाले ऊर्जाको विश्व बजारमा नेपालको प्रवेश भएको छ । हाल यो विद्युत् खपत गर्ने देशमध्ये ११५ औँ स्थानमा रहेको छ । सन् २०३५ सम्ममा नेपालमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । उक्त लक्ष्य पूरा गर्न सकिएमा भविष्यमा यहाँको सर्वाङ्गीण विकासमा धेरै योगदान पुग्ने छ ।
नेपाल सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीति बनाएको छ । यसलाई व्यवहारमा उतार्न सकेमा भविष्यमा यहाँको विद्युत् व्यापार अभिवृद्धि भई अर्थतन्त्रमा समेत केही योगदान पुग्ने छ । बढ्दो वायु प्रदूषणको दुष्प्रभाव न्यूनीकरणका लागि केही वर्षयता विद्युतीय सवारीसाधनको प्रयोगमा ध्यानाकृष्ट भएको छ । यद्यपि हाल यहाँको बढ्दो तापक्रम घटाउन खनिज ऊर्जाको विकल्पमा हरित ऊर्जाको खोजी भइरहेको छ । वास्तवमा जलविद्युत् पनि हरित ऊर्जा हो । जसको प्रयोग गरेर हाइड्रोजन ऊर्जा आवश्यकता अनुसार उत्पादन गर्न सकिन्छ । स्वच्छ पानीको उपलब्धता एवं धेरै जलविद्युत् उत्पादनको सम्भावनाको कारण हाइड्रोजन ऊर्जा उत्पादन नेपालका लागि उपयुक्त मानिन्छ । यथार्थतः इलेक्ट्रोलिसिस प्रविधि प्रयोग गरी पानीबाट हाइड्रोजन ऊर्जा उत्पादन गरिन्छ । यसका लागि धेरै ऊर्जा आवश्यक पर्छ, जुन नेपालमा उपलब्ध छ ।
नेपाल आयल निगमको आर्थिक सहयोगमा काठमाडौँ विश्वविद्यालयले परीक्षणको रूपमा हाइड्रोजन ऊर्जा उत्पादन गरेपछि नेपालमा हाइड्रोजन ऊर्जा उत्पादनको नयाँ सम्भावना देखिएको हो । हाल यहाँको केही जलविद्युत् आयोजनाले वर्षा याममा पानीको सदुपयोग गरी हाइड्रोजन ऊर्जा उत्पादन गर्ने चासो देखाएका छन् । यसरी हाइड्रोजन उत्पादन निरन्तर रूपले बढाउन सकेमा वातावरण प्रदूषण न्यून मात्र नभई आयआर्जन पनि हुने छ । साधारणतया एक केजी हाइड्रोजन ऊर्जा उत्पादन गर्न १० लिटर स्वच्छ पानी र इलेक्ट्रोलिसिसका लागि ४० देखि ४५ युनिट खपट हुन्छ । यो ऊर्जा भण्डारण एवं सवारीसाधनमा रिफिलिङ र टयाङ्करमा ढुवानी गर्न सजिलो भएकाले सबैका लागि उपयोगी हुने छ ।
विश्वमा पेट्रोलियम पदार्थको खपत निरन्तर रूपले बढिरहेको छ । प्रत्येक वर्ष यसको मूल्यको उतारचढावले विश्व अर्थतन्त्र नै प्रभावित भएको छ । प्रत्येक वर्ष नेपालले सञ्चित गरेको विदेशी मुद्राको ठुलो अंश पेट्रोलियम पदार्थको खरिदमा बाहिरिन्छ । यहाँ आयात गरिने वस्तुहरूमा उक्त पदार्थ सबैभन्दा बढी भएकाले यसको आयातलाई विस्थापन गर्न हाइड्रोजन ऊर्जाको उत्पादनले ठुलो सघाउ पु¥याउँछ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर रहन्छ । प्रत्येक वर्ष त्यसको मूल्य चुकाउन नेपाललाई हम्मेहम्मे पर्छ । यदि भविष्यमा यहाँ पर्याप्त मात्रामा हाइड्रोजन ऊर्जा उत्पादन गर्न सकेमा उक्त पदार्थको मूल्यका उतारचढावले खासै फरक पर्दैन ।
स्वच्छ पानीको पर्याप्त उपलब्धता एवं जलविद्युत्को धेरै सम्भावना भएको नेपालमा हाइड्रोजन ऊर्जा उत्पादन उपयुक्त मानिन्छ । विद्युत् निर्यात गर्न पहल गर्नुपर्ने यस देशले आफैँ बिजुली खपत गरेर आवश्यक हाइड्रोजन ऊर्जा उत्पादन गर्न सक्छ । केही वर्षयता नेपालमा ब्याट्रीबाट चल्ने सवारीसाधन धेरै प्रचलनमा छन् । भविष्यमा यी साधनलाई हाइड्रोजन ऊर्जाको माध्यमबाट चलाउन सकेमा देशलाई आर्थिक दृष्टिबाट धेरै नै फाइदा हुने छ । हाइड्रोजन ऊर्जा उत्पादन गर्दा रासायनिक मल पनि उत्पादन गर्न सकिन्छ । जुन नेपाल जस्तो कृषिप्रधान देशका लागि नितान्त आवश्यक छ ।
नेपालमा बर्सेनि झन्डै २१ अर्ब बराबरको रासायनिक मल आयात गरिन्छ । यदि भविष्यमा यहाँ हाइड्रोजन ऊर्जा उत्पादन गर्न सके रासायनिक मल पनि उत्पादन गर्न सकिने भएकाले एकातर्फ विदेशी मुद्रा जोगिने छ भने अर्कोतर्फ परनिर्भरता घट्ने छ । वस्तुतः पानीलाई बिजुलीद्वारा टुक्राएर हाइड्रोजन ग्यास उत्पादन गरिन्छ । जसबाट बिजुली उत्पादन गर्नाले सामान्य बिजुलीभन्दा सस्तो एवं भरपर्दो हुन्छ ।
केही वर्षयता नेपालमा विद्युत् उत्पादनको काममा निकै नै वृद्धि भएको छ । यस सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणबाट ५७३.६ मेगाबाट र थर्मल प्लान्टबाट ५८ मेगावाट सहित कुल ६३१ मेगावाट विद्युत् उत्पादन गरिएको छ । निजी क्षेत्रबाट यहाँ दुई हजार ४३६ मेगावाट विद्युत् उत्पादन गरिएको छ । निजी क्षेत्रबाट यहाँ दुई हजार ४३६ मेगावाट विद्युत् उत्पादन गरिएको छ । जुन प्रशंसनीय छ । विगतमा स्वच्छ ऊर्जा उत्पादनमा लागि यहाँ धेरै लगानी गरिएकाले ऊर्जाको विश्व बजारमा नेपालले प्रवेश पाएको छ । हाल यो देश विद्युत् खपत गर्ने देशहरूमध्ये ११५ औँ स्थानमा रहेको छ ।
नेपालमा रहेका झन्डै छ हजार नदीनालामध्ये दुई हजारभन्दा बढी उत्तरी हिमशृङ्खला र खोच हुँदै दक्षिणतर्फ बगिरहेका छन् । यी नदीनालाहरूबाट प्रतिवर्ष अन्दाजी १७० क्युसेक पानी बग्छ । यहाँको कुल अनुमानित जलशक्ति करिब ८३ हजार मेगावाट छ भने यसको झन्डै ५० प्रतिशत आर्थिक रूपले उत्पादनशील मानिन्छ । यसको सदुपयोगका लागि भविष्यमा वैदेशिक सहयोग, सहकारी र निजी क्षेत्रको सक्रिय सहयोगको नितान्त आवश्यकता छ । यहाँको आर्थिक विकासका लागि प्रशस्त प्राकृतिक सम्पदा छन् । जसमध्ये जलसम्पदा एक हो । भविष्यमा यसको बहुउपयोग गर्न सके यहाँको आर्थिक गति लिने छ । यसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुन नितान्त आवश्यक छ । यहाँ धेरै हिमाल छन् जुन पानीका स्रोत हुन् । केही वर्षयता विश्वको तापक्रम वृद्धिको कारण यिनीहरूको अस्तित्व नै नरहने सम्भावना बढेको छ । बढ्दो वन विनाश, भूमि अतिक्रमण र भूस्खलनको कारण एकातर्फ यहाँको जलाधार क्षेत्र खुम्चिँदै गएको छ भने अर्कोतर्फ इनार, कुवा र पोखरी बिस्तारै लोप हुँदै गएका छन् ।
यति मात्र नभई यहाँका सिमसार र जैविक विविधता पनि बिस्तारै हराउँदै गएका छन् । हालसम्म पनि यहाँको जलस्रोतको सही परिचालन गर्न नसक्दा यसको तत्काल प्रभाव जनस्वास्थ्य र उत्पादन प्रणालीमा परेको छ । भविष्यमा यससम्बन्धी सुधार नगरिएमा यहाँका विभिन्न पशुपन्छी तथा वनस्पतिको अस्तित्व नै सङ्कटमा पर्ने सम्भावना देखिन्छ । परिणामतः यहाँको वातावरणमा बढी नकारात्मक प्रभाव पर्ने छ । जलस्रोत मानव जीवनको आधार हो । यसको सुरक्षा गरी सदुपयोग गर्न सकेमा भविष्यमा नेपालको दिगो विकासका लागि आधार हुने छ । यसका लागि आगामी दिनमा यहाँका तिनै तहका सरकार एकजुट भई काम गर्न आवश्यक छ ।